कोलम्बो- श्रीलङ्कामा आगामी फेब्रुअरी १० मा स्थानीय तहको निर्वाचन हुने भएको छ।
देशभरि रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
श्रीलङ्का निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाका अनुसार निर्वाचनका लागि उम्मेदवारी दर्ता आह्वान गरिएको छ। उम्मेदवारी दर्ताका लागि आउँदो डिसेम्बर २१ तारिखका दिनसम्म समय तोकिएको छ।
स्थानीय निकायलाई श्रीलङ्कामा तेस्रो तहको सरकारी निकाय मानिन्छ। त्यस बाहेक यहाँ संसद र प्रदेश परिषद् पनि रहेका छन्।
श्रीलङ्कामा गाउँ तहमा ४ हजार ९१४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने ती ठाँउहरुबाट ५ हजार ९२ जना जनप्रतिनिधिहरु निर्वाचित हुनेछन्।
सन् २०१५ मा भएको संसदीय निर्वाचनपछि अहिले पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेको हो।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।