नवलपरासी- गएराति नवलपरासीको बर्दघाट नगरपालिका ४ मा ना ७ ख १८५४ नम्बरको यात्रुबाहक बसको ठक्करबाट नाम नखुलेका अन्दाजी २२ वर्षीय युवकको मृत्यु भएको छ।
राति पौने १ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पृथ्वीचन्द्र अस्पताल परासीमा राति नै मृत्यु भएको हो। दुर्घटनामा संलग्न बससहित चालकलाई इलाका प्रहरी कार्यालय बर्दघाटले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।