दार्चुला- नेपाल पत्रकार महासंघ दार्चुला स्थापनाको एक दशकपछि आफ्नै भवन निर्माण भएको छ।
तत्कालीन जिविस र अपी नगरपालिकाको सहयोगमा रु ३ लाख ६९ हजार ४११ को लागतमा एकतले दुईकोठे भवन नगरपालिकाको वडा नं ५ स्थित वीरेन्द्र वन बसपार्क क्षेत्रमा निर्माण भएको हो। उक्त भवनको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले सोमबार उद्घाटन गर्दै स्वच्छ र निष्पक्ष पत्रकारिता गर्न पत्रकारलाई आग्रह गरे।
महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले भवन निर्माणले जिल्लाको सुशासन तथा विकासमा सहयोगी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।