• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश २ : नीति तथा कार्यक्रम विरुद्ध सत्तापक्षकै सांसद

64x64
नेपाल लाइभ आइतबार, जेठ २६, २०७६  २१:४५
1140x725

जनकपुर– प्रदेश २ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित हुनेमा आशंका देखिएको छ।

सत्तारुढ दलकै सांसदहरूले हालेको संशोधन फिर्ता नलिने अडान राखेपछि सरकारको नीति तथा कार्यक्रम संकटमा परेको हो।

सत्तारुढ दल राजपाका पाँच सांसदले नीति तथा कार्यक्रमाथि असन्तुष्टि जनाउँदै संशोधन दर्ता गराएका थिए।

जसमध्ये राजपा सचेतक परमेश्वर साह र महासचिव समेत रहेका मनिष सुमनले संशोधन फिर्ता लिएका छन् भने डा.रीना यादव, विक्की यादव र नेत्रविक्रम साहले भने आइतबारसम्म संशोधन फिर्ता लिन मानेका छैनन्। 

गठबन्धन दलकै सांसदहरूले संशोधन फिर्ता नलिने अडान राखेपछि समान्य बहुमतले समेत नीति तथा कार्यक्रम पारित हुनेमा शंका उत्पन्न हुँदा अहिले लालबाबु नेतृत्वको सरकार संकटमा परेको छ।

असन्तुष्ट सांसदहरूलाई फकाउन सरकारका मन्त्रीहरू हारगुहार लगाइरहेका छन् भने राजपाको शीर्ष नेृत्वबाट समेत दबाब दिलाउने काम भइरहेको बुझिएको छ।

सत्तारुढ सांसदहरू नै असन्तुष्ट भएपछि सरकारको नीति तथा कार्यक्रम ‘फेल’ गराउने विपक्षी दलको योजना थियो। नीति तथा कार्यक्रम ‘फेल’ भए लगत्तै लालबाबु नेतृत्वको सरकारमाथि संकट आउनु स्वभाविक देखिएको थियो। 

नीति तथा कार्यक्रममाथि शुक्रबार छलफल सकेर शनिबार प्रदेशसभा बैठकबाट पारित गराउने योजना सरकारको थियो। गठबन्धन दलकै सांसदहरुले संशोधन  फिर्ता लिन नमानेपछि विपक्षी दलले ‘भोटिङ’ प्रक्रियाबाट नीति तथा कार्यक्रम पारित हुनुपर्ने अडान लिए।

Ncell 2
Ncell 2
nimb
nimb

नीति तथा कार्यक्रमप्रति गठबन्धन कै तीन सांसदको असन्तुष्टि तथा राजपाकै सांसद मनिष सुमन शनिबारको बैठकमा अनुपस्थित भएपछि बहुमतले पारित नहुने निश्चित थियो।

तर, नीति तथा कार्यक्रम ‘फेल’ गराउने विपक्षीको योजनाबारे सुइँको पाएपछि सरकारले चलाखी पुर्वक शनिबार बोलाइएको प्रदेशसभा बैठक स्थगित गराए। अपरान्ह २ बजे बोलाइएको बैठक ४ बजेसम्म बस्न सकेन।

४ बजे पुनः सूचना टासेर ५ बजे बैठक बस्ने भनियो। तर त्यो बैठक पनि बसेन र सोमबार ३ बजेसम्मको लागि स्थगित गरियो। शनिबार भोटिङ गराएर नीति तथा कार्यक्रम ‘फेल’ भएको अवस्थामा लालबाबु नेतृत्वको सरकारमाथि नैतिक संकट आउनु निश्चित थियो।

गठबन्धन दलबाटै संशोधन दर्ता भएपछि राजपा अध्यक्षमण्डलका नेताहरू जनकपुरसम्म पुगेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्यक्ष मण्डलका संयोजक अनिलकुमार झा सहित सदस्यहरु महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, राजेन्द्र महतो लगायतका नेताहरु जनकपुर पुगेर संशोधन दर्ता गराएका सांसदहरुलाई फिर्ता लिन दबाब दिएका छन्।

तर, उनीहरूले यथास्थितिमा संशोधन फिर्ता लिन नसकिने जबाब फर्काएको बताइएको छ। 

सरकार जनतामूखीभन्दा पनि क्षेत्रमूखि भएको, नीति तथा कार्यक्रम मन्त्रीमूखी भएको लगायतका असन्तुष्टिहरु राख्दै आफूहरुले संशोधन दर्ता गराएको र यी कुराहरु सम्बोधन नभएसम्म कुनै हालतमा फिर्ता नलिने उनीहरुले बताएका छन्।

राजपाकी डा.रीना यादवले नीति तथा कार्यक्रमाथि १८ वटा संशोधन दर्ता गराएकी छन्। संशोधन फिर्ता लिन दबाब आइरहेपनि जनताको सरोकारसँग आफूले उठाएको कुरा सम्बोधन नभएसम्म फिर्ता नलिने उनले बताइन्।

‘मैले जनताले प्रत्यक्ष सरोकार राख्ने विषय संशोधनमा राखेको छु,’ डा यादवले भनिन् , ‘फिर्ता लिन दबाब आइरहेको छ। तर, त्यतिकै फिर्ता लिने सकित्र।’

संशोधनबारे आधिकारिक व्यक्तिले कुरा नगरेर अन्य व्यक्तिहरू कुरा गरिरहेको भन्दै उनले उनीहरूसँग कुरा गरेर फलदायी नहुने बताइन्। नीति तथा कार्यक्रम मन्त्रीमुखी नभएर प्रदेशमुखी हुनुपर्ने उनको भनाइ छ।

यसैगरी राजपाकै अर्का सांसद विक्की यादवले पनि बल सरकारको कोर्टमा रहेको भन्दै आफूहरूले उठाएको माग सम्बोधन नभएसम्म संशोधन फिर्ता नलिने बताए।

संशोधन फिर्ता लिन शीर्ष नेतृत्वबाट व्यापक दबाब रहेको जिकिर गर्दै सांसद यादवले भने, ‘हामीले निजीगत भन्दा समग्र प्रदेशको कुरा उठाएको शीर्ष नेतृत्वलाई भनेका छौं।’

सरकारले तपाईंहरूको माग सम्बोधन नगरे के गर्नुहुन्छ भत्रे जिज्ञासामा सांसद यादवले भने, ‘यो विषय अब सरकारको हातमा छ। हामीले उठाएको विषय नीति तथा कार्यक्रममा समावेश नगरिए संशोधन फिर्ता हुत्र।’ 

यता राजपाकै अर्का सांसद नेत्रविक्रम साहले पनि उस्तै अडान राखे। सांसद साहले सरकारसँग कुराकानी भइरहे पनि आफूले हालेको संशोधनबारे निर्क्यौल ननिकाले कुनै हालतमा फिर्ता नलिने जिकिर गरे।

यता सत्तारुढ दलकै असन्तुष्ट सांसदले मतदान नगरे सरकारको नीति तथा कार्यक्रम ‘फेल’ हुने विपक्षी दलको विश्लेषण छ। १ सय ७ सदस्यीय प्रदेशसभामा सत्तारुढ समाजवादी पार्टी र राजपालाई सामान्य बहुमत छ।

प्रमुख विपक्षी दल नेकपाको ३४ र कांग्रेसको १९ सांसद सहित ५३ जना सांसद छन्। सत्तारुढ दलकै सांसदहरुले मतदान नगरेको अवस्थामा सरकारलाई बहुमत पुर्‍याउन चुनौती दखिएको छ।

अर्कोतिर नीति तथा कार्यक्रम कुनै पनि हालतमा पारित गराउन लागि परेको सरकार बिच्किएका सांसदहरूलाई फकाउन कसरत गरिरहेको छ।

कतिपय मन्त्रीका साथै आबद्ध दलका नेताहरू मार्फत ती सांसदहरूलाई मनाउने काम भइरहेको देखिएको छ।

जनकपुर बाहिर रहेका सांसदहरूलाई सोमबार जसरी पनि भोटिङको लागि उपस्थित हुन भनिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  २१:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
सम्बन्धित सामग्री
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्