जनकपुर– प्रदेश २ को नाम थरुहट थारुवान राख्नुपर्ने थारु कल्याणकारी सभा एवम् थरुहट थारुवान संयुक्त संघर्ष समितिले माग गरेको छ।
समितिका महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई बुझाएको ९ बुँदे ज्ञापन पत्रमा उक्त कुरा उल्लेख छ।
ज्ञापन पत्रमा पर्सादेखि झापासम्मको भू–भाग सिमांकन गरी स्वायत्त थरुहट थारुवान प्रदेश नामाकरण गरिनुपर्ने जनाइएको छ।
त्यस्तै, प्रदेश–२ मा थारु भाषालाई सरकारी कामकाज र पठन पाठनको भाषाको रुपमा मान्यता दिनुपर्ने उल्लेख गरिएको छ।
यस्तै, प्रदेशका विभिन्न अंग, निकाय तथा तहहरुमा थारुहरूलाई ५० प्रतिशत समानुपातिक समावेशी प्रतिनिधित्व गराउनुपर्ने समितिको धारणा छ।
प्रदेश २ सरकारद्वारा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आदिवासी थारुहरूको जनसंख्याका आधारमा प्रतिशत नछुटयाएको भन्दै गम्भीर आपत्ति समेत प्रकट गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।