काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डडेल्धुराको १ सय ३५ जना जिल्ला कमिटी सदस्यले आइतबार सपथ ग्रहण गरेका छन्।
डडेल्धुरा सदमुकाममा सपथ ग्रहण कार्यक्रमको आयोजना गरी नेकपाका सुदूरपश्चिम प्रदेश इञ्र्चाज भीम रावलले जिल्ला कमिटी सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन्।
तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको एक वर्षपछि जिल्ला कमिटीले पूर्णता भएको हो।
डडेल्धुरामा पूर्व माओवादी केन्द्रले अध्यक्ष सहित ६७ जिल्ला कमिटी सदस्य पाएको छ भने पूर्व एमालेबाट सचिव सहित ६८ जिल्ला कमिटी सदस्य पाएको छ।
तत्कालीन जिम्मेवारीको आधारमा जिल्ला कमिटी सदस्य बनाइएको नेता रावलले बताए।
यस्तै विवादित रहेको नेकपा डडेल्धुराको सचिव पद वीरेन्द्र बस्नेतले पाउने भएका छन्।
तत्कालीन एमालेका जिल्ला अध्यक्ष डा.तारा जोशीले सचिव पदमा नरहने भनी इञ्चार्जलाई निवेदन पेस गरेपछि वरियताका आधारमा बस्नेतलाई सचिव बनाउने सहमति भइको ईञ्चार्ज रावलले बताए।
आइतबार सपथ ग्रहणमा उपस्थित हुन नसकेका जिल्ला कमिटी सदस्यहरूलाई जिल्ला अध्यक्षले सपथ ग्रहण गराउने अध्यक्ष मानसिंह मालले बताए।
आइतबार नै नेकपा जिल्ला कमिटीको पहिलो बैठक बसेको छ।
जिल्ला कमिटी सदस्यहरूको सूची :




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।