पर्थ– लगातार तेस्रो टेस्टमा जित निकाल्दै अस्ट्रेलियाले एसेज सिरिज कब्जा गरेको छ।
सोमबार पर्थमा सम्पन्न तेस्रो टेस्टमा अस्ट्रेलियाले इंग्ल्यान्डमाथि इनिङ र ४१ रनको जित निकाल्दै सिरिज कब्जा गरेको हो।
अन्तिम दिन इंग्ल्यान्ड दोस्रो इनिङमा २ सय १८ रनमा अलआउट भएपछि अस्ट्रेलियाले सहज जित हात पारेको हो।
यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड ४ सय ३ रनमा समेटिएको थियो। अस्ट्रेलियाले ९ विकेट गुमाएर ६ सय ६२ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेर २ सय ५९ रनको अग्रता लिएको थियो।
इंग्ल्यान्डलाई दोस्रो इनिङमा सस्तोमा समेट्न अस्ट्रेलियाका जोस हजलउडले ५ विकेट लिए। पाट कमिङ्ग्स र नाथान लियोनले २–२ विकेट हात पारे। इंग्ल्यान्डका लागि जेम्स भिन्सले ५५ तथा डविड मालानले ५४ रन जोडे।
पहिलो इनिङमा अस्ट्रेलियाका कप्तान स्टेभिन स्मिथले २ सय ३९ रन र मिचेल मार्सले १ सय ८१ रन जोडे। स्मिथ खेलको म्यान अफ दि म्याच घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।