नयाँ दिल्ली- भारतको मुम्बईमा एक पसलमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
मुम्बईको खैरानी सडकमा रहेको भानु फरसान नामक पसलबाट सो आगलागी सुरु भएको थियो। सो पसलमा लागेको आगो अत्यन्त छिटो फैलिँदा १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले आगलागीबाट ध्वस्त भएको भवनको भग्नावशेषमा अझै पनि ६ जना पुरिएको जनाएको छ। आगलागीमा कैयौं व्यक्ति जलेर घाइते भएका छन्।
सरकारले घटनाको अनुसन्धान गर्न सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।