मनिला- फिलिपिन्समा शनिबार सुरु भएको भीषण आँधी र पहिरोका कारण कम्तीमा २६ व्यक्तिको मृत्यु भएको छ।
आँधी र पहिरोमा परी कम्तीमा पनि ४६ जना हराइरहेका सरकारका प्रवक्ताले जनाएका छन्।
काइ–ताक नामक आँधी र त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा १७ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन्।
बेपत्ता भएका व्यक्तिहरु फिलिपिन्सको मध्य प्रान्त रोमब्लोनका रहेको जनाइएको छ। फिलिपिन्सका केही प्रान्तमा गत शनिबारबाट सुरु भएको वर्षापछि बाढी र पहिरोले सताएको हो।
शनिबारबाट सुरु भएको यस आँधीका कारण कैयौं उडान र डुंगाबाट गरिने यात्रा पनि अवरुद्ध भएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।