काठमाडौँ- महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो।
प्रभागका प्रमुख केशव भट्टका अनुसार पक्राउ अधिकारीसँग १६ एम्पुल डाइजेपाम, १६ एम्पुल लुर्फिजेसिक, १६ एम्पुल फेनार्गन र एक थान सिरिञ्ज पक्राउ गरिएको जानकारी दिए।
पक्राउ अधिकारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।