विराटनगर- निर्माणाधीन भवनको पर्खाल भत्किँदा एक कामदारको मृत्यु भएको छ। तीन कामदार घाइते भएका छन्।
विराटनगर–४ स्थित केशलिया खोला नजिक निर्माणाधीन अवस्थामा म्याजिक चप्पल उद्योगको पर्खाल भत्किएपछि सुनसरीको दुहवी–१३ बस्ने ४५ वर्षीया कलादेवी चौधरीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।
सोही घटनामा विराटनगर–४ बस्ने ५० वर्षीय रतन माझी, दुहबी नगरपालिका– ११ बस्ने २५ वर्षीय रमेश मण्डल र ३५ वर्षीय वीरनारायण चौधरी घाइते भएका हुन्। उनीहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।