सप्तरी- सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली कांग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ ।
जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी बनेको छ।
राजपाले प्रतिनिधिसभातर्फ ४७ हजार ५९९ र प्रदेशसभातर्फ ४२ हजार ६०० मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेस दोस्रो दल बनेको छ । कांंग्रेसले प्रतिनिधिसभातर्फ ४५ हजार ३०१ र प्रदेशसभातर्फ ३८ हजार ७३३ मत प्राप्त गरेको बताइएको छ ।
संघीय समाजवादी फोरम नेपाल भने प्रतिनिधिसभातर्फ ३२ हजार ४९० र प्रदेशसभातर्फ ३० हजार २३८ मत प्राप्त गरी संघीय फोरम तेस्रो दल बनेको छ।
त्यस्तै प्रतिनिधिसभातर्फ ३० हजार ५२५ मत प्राप्त गरी नेकपा (एमाले) चौथो पार्टी बनेको छ । प्रदेशसभातर्फ २८ हजार ९० मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभातर्फ १८ हजार ८२० र प्रदेशसभातर्फ १६ हजार ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
त्यस्तै नयाँ शक्ति पार्टीले दुई हजार ७१९ र राप्रपा (प्रजातान्त्रिक)ले दुई हजार १९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।