भोजपुर- निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये ८ जनालाई तारेखमा रिहाइ गरिएको छ।
निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये २ जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोया लगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
निर्वाचन मतपरिणाम सार्वजनिक भएसँगै उनीहरू छुटेका हुन्। पक्राउ परेका अन्यको विषयमा भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए।
उनीहरूलाई रु एकएक हजार धरौटी लिएर तारेखमा छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।