लिभरपुल– इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्। आइतबार राति भएको खेलमा लिभरपुलले वर्नमाउथलाई ४–० ले हरायो।
लिभरपुलको जितमा चार फरक खेलाडीले गोल गरे। काउटिन्होले २० मिनेटमा गोल गरेर लिभरपुललाई अग्रता दिलाए। डेजान लोभरेनले २६ मिनेटमा अग्रता दोब्बर पार्दा मोहमद सलाहले ४४ मिनेटमा तेस्रो गोल गरे। ६६ मिनेटमा फिर्मिनोले चौथो गोल गरेका थिए।
म्यानचेस्टर युनाइटेडले वेस्ट ब्रुमलाई २–१ ले हरायो। युनाइटेडको जितमा लुकाकु र लिङ्गार्डले १–१ गोल गरे।
लिगमा १८ चरणको खेल सकिदा शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५२ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४१, तेस्रो स्थानको चेल्सीको ३८, चौथो स्थानको लिभरपुलको ३४ र पाँचौ स्थानको आर्सनलको ३३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।