बेइजिङ- चीन–अमेरिका व्यापार विवाद जारी रहेका समय चीनले प्रविधिको ‘राष्ट्रिय सुरक्षा’का लागि नयाँ उपाय अवलम्वन गर्ने बताएको छ।
अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेद्वारा विकसित फाइभ–जी प्रविधिका कारण राष्ट्रिय सुरक्षाको समस्या देखाउँदै यसलाई अस्वीकार गरेको र सहयोगी मुलुकहरूमा पनि यही किसिमको सन्देश फैलाएको हुवावेको दाबी रहेको छ।
चीनले प्रविधिको ‘राष्ट्रिय सुरक्षा’का लागि नयाँ उपाय खोज्न एक शक्तिशाली ‘नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन’लाई जिम्मा दिएको छ। जसले प्रविधिको राष्ट्रिय सुरक्षाका लागि आइपर्ने समस्याहरूको अध्ययन गरी प्रभावकारी नीति अवलम्बन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
तर, यो नयाँ उपाय व्यापार विवादसँग सम्बन्धित छ वा छैन भन्नेबारेमा केही खुलाइएको छैन। यद्यपि यसबारी थप जानकारी निकट भविष्यमा सार्वजनिक गरिने सिन्ह्वाले उल्लेख गरेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।