काठमाडौं- चलचित्र कलाकार संघको १७औं साधारणसभाबाट रवीन्द्र खड्का विजयी भएका छन्।
खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पछिपार्दै खड्का विजयी भएका हुन्।
शनिबार भएको निर्वाचनमा ३ सय ८७ मत खसेको थियो। खड्काले २ सय १८ मत र लामिछानेले १ सय ६१ मत पाए।
रेजिना उप्रेतीले २ सय ४३ मत ल्याएर उपाध्यक्ष बनिन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १ सय ७५ मत पाएर विजयी भए।
उनीहरुका प्रतिस्पर्धी दुई उमेदवार मनोज केसी र विनोद भट्टराईले क्रमश १ सय ४२ र ९६ मत पाएका थिए।
(१८७) निर्वा्चित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी (१९४) विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माले पक्षमा १६९ मत पाएर पराजित हुन पुगिन ।
यता महासचिवमा चेतबहादुर सिंह राजाले १ सय ८७ मत ल्याए। उनका प्रतिद्वन्द्वी सञ्जय खतिव८ाले १ सय ५६ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।