हेटौँडा- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कमजाेरीलाई सच्याउने प्रण गर्दै कार्यकर्ता माझ जानुपर्ने बताएका छन्।
राष्ट्रिय जागरण अभियान अन्तर्गत हेटाैडामा भएको समापन समाराेहमा सम्बाेधन गर्दै नेता केसीले कांग्रेसले अब नवीन र वैज्ञानिक मार्गहरु लिएर अघि बढ्ने प्रतिज्ञा गर्नुपर्ने बताएका हुन्।
लाेकतन्त्रकाे रक्षा काङ्ग्रेसले मात्रै गर्ने भन्दै केसीले सरकारले ठुला ठुला सपना देखाउने तर काम भने नगर्ने प्रवृत्ति सरकारमा भएको आरोप लगाए।
सरकारले चुनाव जिते पछि चिप्ला र भ्रमकाे खेती गरेकाे आराेप लगाउदै उनले भने, 'मानव अधिकार,प्रेसमाथि हस्तक्षेप,संमृद्धिका नाममा नेपालीका टाउकामा ऋण थप्ने काम मात्र गरेको छ।'
हिजाेका मतमतान्तरलाई बिर्सेर कार्यकर्ताले समेत ठीक/बेठिक भन्ने आँट राख्नुपर्ने बताए।
मकवानपुर काङ्ग्रेस सभापति ईन्द्र बहादुर बानियाँकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न दल त्यागेर काङ्ग्रेसमा समेत प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।