नुवाकोट- विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक) को शव भेटिएको छ।
आइतबार अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ।
स्थानीयबासीले खोला किनारमा भेटाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याँक्ने क्रममा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकका अनुसार शिशु २४ घन्टाअघि जन्मेको र त्यसलगत्तै झोलामा पोको पारेर फ्याँकिएकाले मृत्यु भएको पाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।