धादिङ- नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा सरकारले बूढीगण्डकी आयोजना निर्माण नगर्ने आरोप लगाएका छन्।
आफ्नै लगानी बुडीगण्डकी बन्न सक्ने स्थिति हुँदाहुँदै गेजुवालाइ ठेक्का दिनु नै बदनियतपूर्ण भएको आरोप लगाए।
'काम सुरू गर्न ढिला गरेर लागत बढाउने काम सरकारकै मिलिमोतोमा भइरहेको छ, धाधिङबाट जित्नेहरूले नै यसलाई अनिश्चित बनाइरहेका छन्। गजुवा मुक्त गराउन र कमिसनखोरीहरूलाई हटाउन लाग्नपर्ने बेला आएको छ,' पौडेलले भने।
ओली सरकारले देशलाई अस्थिरता र अशान्तितिर धकेलेको आरोप लगाएका नेता पौडेलले नेपाली काँग्रेस धादिङद्धारा राष्ट्रिय जागरण कार्यक्रम अन्तर्गत धादिङबेसीमा शनिबार आयोजित बृहत आमसभामालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।
राष्ट्रिय जागरण कार्यक्रमको लागि खटिएर एक महिनादेखि धादिङमा रहनुभएका केन्द्रिय प्रतिनिधि प्रदिप पौडेलले कम्युनिष्ट सरकारले सिङ्गो मूलुकलाई नै कम्युनिष्टकरण गरेको धारणा राखेका थिए।
'चोरिएको मोटरसाइकल चढेर हिडेका पार्टी कार्यकर्ताले पनि नेकपाको सदस्यता रसिद देखाएमा प्रहरीले समाउँदैन। उनीहरुले लाइसेन्स र ब्लुबुक होइन पार्टीको सदस्यता रसिद बोकेर हिँडे पुग्छ,' पौडेलले ओली सरकार आफ्नै कारणले ढल्ने ठोकुवा गर्दै भने।
हिमाल , पहाड, तराई –मधेस नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत एक महिना लामो पहिलो चरणकोे कार्यक्रम धादिङमा एक सय चार वडामा वडाभेला, १३ वटा पालिकामा पालिका स्तरीय र दुई निर्वाचन क्षेत्रमा क्षेत्रिय स्तरको भेला सम्पन्न गरेपछि काँग्रेसले जिल्ला स्तरीय आमसभा आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।