विशाखापट्टनम– श्रीलंका विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले २–१ ले जितेको छ। आइतबार भएको निर्णायक तेस्रो खेलमा घरेलु टिम भारतले श्रीलंकालाई ८ विकेटले पराजित गर्दै सिरिज कब्जा गरेको हो।
टस जितेको भारतले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको श्रीलंका ४४.५ ओभरमा २ सय १५ रनमा अलआउट भयो। श्रीलंकाका लागि उपुल थारंगाले ९५ तथा सदीरा समाराविक्रमाले ४२ रन जोडे। कुनै समय २ विकेटको क्षतिमा १ सय ३६ रन जोडेको श्रीलंकाका मध्यक्रमका ब्याटिङ लाइनअप धरासायी बनेको थियो।
बलिङतर्फ भारतका युजवेन्द्र चाहल र कुलदीप यादवले समान ३–३ विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट तथा भुवनेश्वर कुमार र जसप्रित बुमराहले १–१ विकेट हात पारे।
२ सय १६ रनको लक्ष्य भारतले ३२.१ ओभरमा १ विकेटको नोक्सानीमा पार गर्यो। भारतका लागि शीखर धवनले नटआउट सय तथा दिनेश कार्तिक नटआउट २६ रन बटुले। श्रेयास इयरले ६५ रनको योगदान गर्दा कप्तान रोहित शर्मा ७ रनमा आउट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।