पर्सा- अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
वीरगन्ज महानगरपालिका–३२, चोर्नी निवासी सूर्यप्रकाश गुप्तालाई अपहरण गरेको अभियोगमा विगत एक वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका पर्साको कालिकामाई गाउँपालिका–१ मुडली निवासी शिवनाथ राउत भेडिहरलाई प्रहरीले सार्वजनिक गरेको हो।
०७३ माघ ९ गते गुप्तालाई अपहरण गरी एक करोड ५० लाख रुपैयाँ फिरौती माग गरेको मुद्दामा फरार रहँदै आएका भेडिहरलाई शनिबार पर्साको छिपहरमाई गाउँपालिका–५ भिष्वाबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिए।
उनले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार अभियुक्त भेडिहर सीमावर्ती भारतीय शहरमा लुकीछिपी बस्दै आएको र कहिलेकाहीँ रातिको समयमा नेपाल भित्रिने गरेको पूर्वसूचनाका आधारमा राति ९ बजे उनलाई नियन्त्रणमा लिन सफल भएको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।