धनगढी– दाङको स्पोर्ट्स स्कुल फुटबल एकेडेमी र फूलबारीको न्यु बुद्ध युवा क्लब धनगढीमा जारी तेस्रो संस्करणको ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।
आइतबार भएका खेलमा फराकिलो अन्तरले जित्दै दुवै टोली अन्तिम आठमा प्रवेश गरेका हुन्। भारतको हल्द्वानी ब्वाइज नआएपछि आयोजक फारवेस्ट पशुपति युवा क्लब ए पनि सीधै सेमिफानल प्रवेशका लागि खेल्न पाउने भएको छ।
धनगढी रंगशालामा आइतबारको पहिलो खेलमा दाङको स्पोर्ट्स स्कुल फुटबल एकेडेमीले धनगढीको हसनपुर युवा क्लबलाई ८–० को फराकिलो अन्तरले पराजित ग¥यो। एकेडेमीलाई जिताउन हस्तराज गिरी र गणेश नेपालीले ह्याट्रिक गरे। गणेश नेपाली म्यान अफ द म्याद भए।
यस्तै, दोस्रो खेलमा न्यु बुद्धले चौमालाको मंगल युवा क्लबलाई ६–४ को अन्तरले हरायो। निकै प्रत्सिर्धात्मक खेलमा न्यु बुद्धका लागि सुन्दर घिसिङले ह्याट्रिक गरे। न्य बुद्धका सुन्दर घिसिङ म्यान अफ द म्याच भए।
सोमबारदेखि क्वार्टरफाइनलका खेलहरु हुनेछन्। सोमबारको पहिलो क्वार्टरफाइनलमा आयोजक फारवेस्ट पशुपति युवा क्लब बी र पिएफए अत्तरिया र दोस्रो खेलमा फारवेस्ट अत्तरिया स्पोर्ट्स एकेडेमी र न्यु बुद्ध युवा क्लब भिड्नेछन्।
मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका विजेताले ३ लाख र उप विजेताले साढे एक लाख पाउनेछन् भने विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले पुरस्कार पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।