राजविराज– मंसिर २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सप्तरीका ५२ मध्ये ३८ जना उम्मेदवारको जमानत जफत भएको छ। जसमध्ये १२ जना स्वतन्त्र उम्मेदवार छन्।
निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान अनुसार उनीहरुको धरौटी जफत भएको हो। निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट १२, २ बाट १७, ३ बाट १० र ४ बाट १३ गरी ३८ जनाको धरौटी जफत भएको छ।
स्वतन्त्रतर्फ उम्मेदवारी दिएका १५ मध्ये १४ जनाको जमानत जफत भएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका जयप्रकाश ठाकुर बाहेक कसैको पनि जमानत जोगिएन। क्षेत्र नम्बर १ मा ३, २ मा ८, ३ मा १ र ४ मा ३ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
क्षेत्र नम्बर १ मा संघीय समाजवादी फोरम, नेपाली कांग्रेस र वाम गठबन्धनका माओवादी उम्मेदवार बाहेक कसैले पनि जमानत जोगाउन सकेनन्।
यस्तै, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जितेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सकलदेव सुतिहारसहित १३ जनाको धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ। जसमा ५ जना स्वतन्त्र उम्मेदवार हुन्।
यस्तै, राजपाका चन्द्रकान्त चौधरी विजयी भएको क्षेत्र नम्बर ३ मा १ स्वतन्त्रसहित ७ जनाले धरौटी गुमाएका छन्।
क्षेत्र नम्बर ४ मा ३ स्वतन्त्रसहित १० जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।