सिड्नी- उत्तर कोरियाका एक नागरिक आणविक हतियार र यसका पार्टपुर्जा बेच्ने क्रममा अस्ट्रेलियाको सिड्नीमा पक्राउ परेका छन्।
उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपुर्जा बेच्ने गरेका चान हान चोइलाइ नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। उनले सिड्नीमा रहेर निकै लामो समयदेखि यस्तो कारोबार गर्ने गरेको खुलेको पनि सिड्नी प्रहरीले जनाएको छ।
लामो समयदेखि सिड्नीमा बस्दै आएका उनले आणविक कम्पनीका लागि एजेन्टको काम गर्दै आएको प्रहरी स्रोत बताउँछ।
उनी प्योङयाङ्मा ब्यालेस्टिक क्षेप्यास्त्रको उत्पादन, प्रयोग एवं परीक्षणको काममा पनि संलग्न विज्ञ समेत रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको दाबी छ।
उनले ती पार्टपुर्जाहरु सिड्नीमा बिक्री गर्नुका साथै ब्यालेस्टिक क्षेप्यास्त्रका लागि सिड्नीमा प्रविधि र पार्टपुर्जा आयातका लागि आफूले सहयोग पुर्यागउन सक्नेबारे पनि कुराकानी गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न एक प्रहरीले यस्तो घटना अस्ट्रेलियामा पहिलो पटक देखेको भन्दै थपे, 'उनी उत्तर कोरियाका उच्चस्तरीय अधिकारी रहेछन् र नाकाबन्दीका कारण उत्पन्न आर्थिक मन्दीको समयमा यस्तै पार्टहरु बेचेर देशका लागि अर्थोपार्जन गर्ने प्रयोजनले यहाँ आएका रहेछन्।' रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।