• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नाक महात्म्य [व्यंग्य]

64x64
नेपाल लाइभ शनिबार, जेठ २५, २०७६  १०:३५
1140x725

केही दिनयता संघीय राजधानीमा नाम सुनिएका तर खासै चर्चा नभएका प्रदेश-१ का एक पत्रकारको नाकको खुब चर्चा भइरहेको छ। विशेषगरी सार्वजनिक ओहदामा बसेका एक जिम्मेवार व्यक्तिले ती पत्रकारको नाकको भाउ तोकेपछि त्यसको चर्चा चुलिएको हो।

एक करोडको नाक! यो सुन्दा हाम्रा आ-आफ्ना पृष्ठभूमि, आस्था, विवेक र सोचअनुसार आश्चर्य, चिन्ता, रिस, इत्यादि विभिन्न भाव उत्पन्न भएका छन्। कतिलाई एक करोड मूल्यको त्यो नाक हेर्ने उत्सुकता जागेको छ भने कतिले नाकको मूल्य तोक्ने ती हिम्मतिला महानुभावको बर्कत र ल्याकतको अन्दाज लगाउन भ्याएका छन्।

सँगसँगै एकथरीले पत्रकारको नाकको मूल्य तोक्ने कामलाई दुस्साहसी कामको रुपमा व्याख्या गरिरहेका छन्। पत्रकार विरादरीका पादरीहरूले भने त्यसलाई दुस्साहस भनेका हुन्। मूल्य तोक्ने महानुभावका भक्तहरूले भने त्यसलाई साहस भनिरहेका छन्। अनि केही देशको साह्रै चिन्ता भएका सफा मनका भावुकहरूले प्रधानमन्त्रीलाई समेत ती महानुभावजत्तिकै हिम्मतिलो बन्न सुझाव दिइरहेका छन्।

ती हिम्मतिला महानुभावले पत्रकारका अरु अंग छोडेर किन नाककै मूल्य तोके त? के ती पत्रकारले नाकले समाचार लेख्दा रहेछन्? तपाईंले कसैले नाकले कम्प्युटरको किबोर्डमा अक्षरहरू टाइप गरेको देख्नुभएको छ? 

मैले त छैन।

पक्का पनि ती पत्रकारले नाकले समाचार लेख्ने होइनन्। थारु समुदायका ती महानुभावलाई पत्रकार ब्राह्मण भएकैले उनको चुच्चो नाक मन नपरेकाले मूल्य तोकेका पो हुन् कि? कतिले त्यस्तै पनि भन्दैछन्।

पत्रकारले नाक भएन भने समाचार सुँघ्न सक्दैन। समाचार नै सुँघेर पत्ता लगाउन नसक्ने व्यक्ति कसरी पत्रकार बन्न सक्छ? पत्रकारिताको प्रारम्भिक पढाइमा नै समाचार सुँघ्न सक्ने नाक बनाउनु भनेर पढाइन्छ।

अनि कतिले के पनि भन्दैछन् भने चुच्चो नाक भएको पत्रकारले नाक थेप्चो भएको थारु महानुभावलाई गिज्याउनुसम्म गिज्याएकै कारण ती महानुभावले पनि पत्रकारको नाकै ताकेका हुन्। एकछिनलाई यी सबै तर्क, कारण र प्रतिक्रियालाई जायज होला भन्ने मानौं र नाकको मूल महिमातर्फ लागौं।

nimb
nimb
Ncell 2
Ncell 2
subwaysurfer.blogspot.com

मानिसका हरेक अंगको आ–आफ्नै महत्व र प्रयोग छ। तिनै थुप्रै विभिन्न अंगहरूको समष्टिगत रुपले नै मानिस मानिस जस्तो देखिन्छ। अरु जन्तुहरूको पनि उस्तै हो, उनीहरूका पनि हरेक अंगको आ–आफ्नै काम छन्। 

मानिसको शरीरको माथिल्लो भागमा हुने टाउकोको एक भागमा अनुहार हुन्छ। जसमा आँखा, नाक, मुख, च्यापु, निधार आदि अंग हुन्छन्। यी सबै अंगले मानिसलाई आवश्यक भौतिक सुख दिलाउँछन् भने अनुहारलाई सुन्दर बनाउने काम पनि गर्दछन्। यीमध्ये पनि नाक एउटा विशेष महत्व भएको अंग हो।

नाकको महत्व खाली सास फेर्नका लागि र गन्ध वा सुगन्धको सुख प्राप्तिका लागि मात्रै होइन, यसका अरु पनि महत्व छन्। नाकले भौतिकबाहेक केही अभौतिक महत्व पनि बोकेको हुन्छ। त्यसैले त अनुहारका अरु अंगहरुभन्दा यसको उचाइ अग्लो हुन्छ। नाकको उचाइ मानिसको बसोबास कहाँ छ, बाहिरी वातावरण कस्तो छ, परिवारको वंशाणुगत पहिचान कस्तो छ इत्यादि कुराहरूले थोरै तलमाथि भए पनि सालाखाला मानिसको नाकको उचाइ अनुहारमा हुने अरु अंगभन्दा बढी हुन्छ।

मानिसको नाक भनेको उसको शान हो, इज्जत हो, प्रतिष्ठा हो। नाक व्यक्तिको इज्जत हो। त्यसैले त कसैको इज्जत लिलाम हुँदा 'नाक काटियो' भनिन्छ। तपाईंले कुनै अपराधीलाई प्रहरीले सार्वजनिक गरेको बेला त्यो अपराधीको अनुहार हेर्नुभएको छ? याद गर्नुहोस्, त्यस्तो बेला अपराधीले नाक लुकाउन खोजेको हुन्छ, कतिले त कपडाले वा मास्कले नाक छोपेको हुन्छ। नेपाली समाजमा त नाकको अझ बढी सुरक्षा गर्ने चलन छ।

जबसम्म एउटा पत्रकार नाक ठाडो पारेर सत्ता र शक्तिको अघिल्तिर उभिन सक्छ, तबसम्म उसले वस्तुनिष्ठ भएर समाचार लेख्न सक्छ। उदाहरणका लागि राजनीतिक दल र तिनका नेता वा ठूलाठूला व्यापारीको खुट्टामा नाक रगड्नेहरूले लेखेका समाचार पढ्नुभएकै होला।

पत्रकारका लागि त नाकको झनै धेरै महत्व हुन्छ।

पहिलो कुरा त पत्रकारले नाक भएन भने समाचार सुँघ्न सक्दैन। समाचार नै सुँघेर पत्ता लगाउन नसक्ने व्यक्ति कसरी पत्रकार बन्न सक्छ? पत्रकारिताको प्रारम्भिक पढाइमा नै समाचार सुँघ्न सक्ने नाक बनाउनु भनेर पढाइन्छ। समाचार सुँघ्न नसक्ने व्यक्ति कसैगरी पत्रकारितामा आयो भने पनि ढिलो चाँडो कि त उसले सुँघ्ने क्षमता विकास गर्नुपर्छ नभए ऊ पत्रकारिताबाट बाहिरिन्छ।

दोस्रो, जबसम्म एउटा पत्रकार नाक ठाडो पारेर सत्ता र शक्तिको अघिल्तिर उभिन सक्छ, तबसम्म उसले वस्तुनिष्ठ भएर समाचार लेख्न सक्छ। उदाहरणका लागि राजनीतिक दल र तिनका नेता वा ठूलाठूला व्यापारीको खुट्टामा नाक रगड्नेहरूले लेखेका समाचार पढ्नुभएकै होला।

त्यस्ता पत्रकारले लेखेका समाचारमा वस्तुनिष्ठता कम र भक्तिभाव ज्यादा भएको तपाईंले नै अनुभव गर्नुभएकै कुरा हो। त्यसैले अरु पेसामा पनि नाकको आ–आफ्नै शान शौकत होलान् नै, पत्रकारलाई यस्तो अझ बढी आवश्यकता हुन्छ। 

शरीर विज्ञानले के भन्छ भने कुनै पनि वस्तुलाई साह्रै नजिकबाट हेर्न खोजियो भने वस्तु प्रष्ट चिनिँदैन। त्यसलाई प्रष्ट चिन्नका लागि थोरै दुरी राख्नैपर्छ। 

त्यसो हुँदा मात्रै हेर्न खोजिएको वस्तुलाई राम्ररी नियाल्न र चिन्न सकिन्छ। नपत्याए तपाईंको हातको कुनै एक औंला उठाउनुस् र दुवै आँखा वा एउटा कुनै आँखाको एकदमै नजिक लिएर जानुहोस्। त्यो औंला नै देखिन्छ कि अरु कुनै कुरा जस्तो देखिन्छ? बस्, पत्रकारलाई नाकले कुनै पनि समाचारयोग्य कुनै पनि वस्तु, व्यक्ति वा विषयको एकदमै नजिक पुग्नबाट जोगाउँछ वा रोक्छ।

नाकको उचाइ होचो नै किन नहोस्, आँखाभन्दा पहिला नाक आउँछ आउँछ। यसको अर्थ हो, अति निकटताका कारण वस्तु वा विषय चिन्न नसक्ने अवस्थाबाट नाकले पत्रकारलाई जोगाउँछ। पत्रकारलाई मात्र होइन, अरुलाई पनि जोगाउँछ। ढंगले हेर्ने नहेर्ने वा नाकको प्रयोग गर्ने नगर्ने भन्ने कुरा चाहिँ व्यक्तिमै निर्भर रहने कुरा भयो। शरीर विज्ञानकै सहारा लिएर भनौं, नाकले कुनै पनि वस्तु दायाँतिर छ वा बायाँतिर छ भन्ने नाप्न सघाउँछ। आँखाहरूको बीचमा नाक हुनुको फाइदा पनि हो यो। 

माथि उल्लेख गरिएका केही विशिष्ट कारणले गर्दा पत्रकारका लागि नाक महत्वपूर्ण छ। अब सोचौं, कुनै पत्रकारको नाकै भाँचियो वा काटियो भने के हुन्छ?

नाकको महिमा बुझेरै हुनुपर्छ, घरीघरी शासन गर्नेहरू पत्रकारको नाक भाँच्न उद्यत हुन्छ। पत्रकारको नाकको हड्डी भाँच्न जग्गै बेच्न तयार एक जनप्रतिनिधिको चर्चामा रहेको धम्कीपूर्ण अभिव्यक्ति त्यसैको नमुना हो। 

एउटा सिद्ध तथ्य के हो भने पत्रकारको कलम भाँचेर उसले लेख्न/बोल्न छोड्दैन। एक असल पत्रकारमा कुनै पनि बेला विद्रोह गर्ने सामर्थ्य हुन्छ। लोकतन्त्रमा पत्रकारको कलम भाँचेर वा उसको ल्यापटप फुटाएर पत्रकारलाई रोक्न किमार्थ सकिँदैन।

समय बदलिइसकेको छ। त्यसैले यदि कुनै पत्रकारले कसैलाई बसिखान दिएको छैन भने सिधा उसको नाकमा प्रहार गर्नुपर्छ, काट्नपर्छ वा भाँच्नपर्छ। अझै मुक्काबाजीको भाषामा भन्ने हो भने त्यस्तो नाकलाई सम्याइदिनुपर्छ। निब नभएको कलम, विष नभएको सर्प र नाक नभएको पत्रकारको कुनै काम हुँदैन। 

नाकको यही महिमा बुझेरै हुनुपर्छ, घरीघरी शासन गर्नेहरू पत्रकारको नाक भाँच्न उद्यत हुन्छ। पत्रकारको नाकको हड्डी भाँच्न जग्गै बेच्न तयार एक जनप्रतिनिधिको चर्चामा रहेको धम्कीपूर्ण अभिव्यक्ति त्यसैको नमुना हो। 

नाकको यति महिमा गानको अर्थ चाहिँ नाककै महिमागान मात्रै हो, नाक भाँच्छु भन्ने महानुभावको हिम्मतको बखान गर्न वा भाँच्न योग्य नाकधनी पत्रकारको बचाउ भने पटक्कै होइन। म त भन्छु, विकास गर्नअघि बढेकालाई कानुन, विधि, नैतिकता र सुशासन सिकाउन आउने नाथे पत्रकार त के, पशुपतिनाथ नै प्रकट भए भने पनि नाक भाँचिदिनुपर्छ।

–@Roopess

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्