• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रदेश २ : १३ सांसदले गराए नीति तथा कार्यक्रमका बुँदाहरूमा संशोधन दर्ता

64x64
नेपाल लाइभ शनिबार, जेठ २५, २०७६  ०७:१९
1140x725

जनकपुर– प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रमबारे छलफल सुरु भएको छ।

सत्ता साझेदारी दल राजपा नेपाल र प्रमुख प्रतिपक्ष नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसका १३ जना सदस्यले नीति तथा कार्यक्रमका विभिन्न बुँदाहरूमा संशोधन दर्ता गराएका छन्। 

प्रदेश सभाको शुक्रबार बसेको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम उपर बोल्दै सत्ता साझेदार दल राजपा नेपालका विन्देश्वर  प्रसाद यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रम परमपरावादी र मन्त्रीमूखी भएको बताएका छन्।

विगतका वर्षमा सरकारले प्रस्तुत गरेको नीतिमा बजेट विनियोजन गर्दा वनमा १.७७ प्रतिशत, भौतिकमा २.८७ प्रतिशत र मुख्यमन्त्रीको ५५.८३ प्रतिश गरी कुल ९.२८ प्रतिशत मात्र बजेट खर्च भएकोले गर्दा यस वर्षको नीति तथा कार्यक्रम कसरी बजेट विनियोजन हुने र व्यवहारमा लागू हुने मुख्य चुनौती भएको प्रदेश सभा सदश्य यादवले बताए।

विगतमा सरकारले जनता ठग्ने नीति  तथा कार्यक्रम ल्याएको यादवले आरोप लगाए। सुनकोशी, कमला र मरीन डायवर्शनको लागि ठूलो र दीर्घकालीन भन्दा पनि मझौला सिँचाइ योजनामा पार्न यादवले सुझाव दिए। 

नीति कार्यक्रममा आएको ‘मुख्य मन्त्री किसान उथान’ कार्यक्रमको नाम परिवर्तन गरी मधेश वा सहिदको नामबाट नामकरण गर्न उनले सुझाए। 

कांग्रेसका शिवचन्द्र चौधरीले सरकारले ल्याएको  नीति कार्यक्रममा कृषि र पर्यटनमा उल्लेख्य बोले पनि गत वर्षजस्तै त हुने भन्दै शंका व्यक्त गरे। चौधरीले भने, 'गत वर्षको नीति कार्यक्रम र बजेटमा एक रूपता देखिएन।'

उनले सहिदको स्मारक बनाउने सम्बन्धमा कार्यक्रम बोलेको भए पनि स्थान र समय समेत तोकिनु पर्ने भन्दै शंसोधनको आग्रह गरे।

Ncell 2
Ncell 2

नेकपका किशोरी साह कमलले नीति कार्यक्रम वारे सदनमा छलफल गर्दै सरकारको नियतमाथि प्रश्न चिह्न उठाए। उनले नीतिभन्दा पनि नियत सहि भए मात्र कार्यक्रम राम्रो र सही हुने तर्क गरे। १५ मिनेटको समय पाएका कमलले भने, ‘म आग्रह गर्न चाहन्छु सरकारसँग बजेट विनियोजन गर्दा २५ प्रतिशत नियत सही गरीदिनुहोला।’

कृषिमा नीति कार्यक्रम आउँदा प्रदेशभित्र जग्गा बाँझो राख्न नहुने नीति हुनुपर्छ। माछा जोनको व्यवस्थाबारे नीतिमा केही उल्लेख न भएको जिकिर गर्दै जानकी मन्दिरलाई केन्द्रित गरी जनपपुरलाई विस्वासम्पदा सूचीकृत गर्न उनले आग्रह गरे।

नेकपाकी नेत्री मञ्जू यादवले नीति कार्यक्रममा धर्मबारे धेरै बोले पनि संस्क़ृति शब्द छुटेको तर्क गर्दै होमस्टे को ठाउँमा ‘अतिथि आवास आश्रम’ राख्दा सुहाउँदो हुने बताइन्। 

धार्मिक दृष्टिकोणले नीतिमा धेरै कार्यक्रम रहे पनि रामायण सर्किट समेतमा उल्लेख भएको त्रेताकालिन ‘कंचन वन’ पनि आउनु पर्नेमा नआएकोले कार्यक्रममा शंसोधन गर्न आग्रह गरिन्। 

नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले हिन्दी भाषालाई सम्पर्क भाषा नबनाउन माग गर्दै संशोधन दर्ता गराए।

नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्माले भने, ‘प्रदेशमा मुख्य दुई वटा भाषा बढी बोलिन्छ, एउटा मैथिली, अर्को भोजपुरी। एक भाषामा बोलेको कुरा अर्को भाषीले राम्रोसँग बुझिरहेको सन्दर्भमा हिन्दी लाद्नुको कुनै मतलब छैन।’

नीति कार्यक्रम परम्परागत भएको टिप्पणी गर्दै उनले प्रदेशको खर्च बढाउने नीति मात्र आएको बताए। संविधानमा हुँदै नभएको विषयलाई सरकारले नीति कार्यक्रममा ल्याएर अनावश्यक बहस गराउन खोजेको उनले आरोप लगाए।

नीति कार्यक्रम छलफलमा बोल्दै राजपाका मनीष सुमनले भने, ‘नरबली प्रथाबारे सरकारको ध्यान गएको छैन।’

महिला हिंसा, धार्मिक सहिष्णुता र सबैलाई नसमेटिएको भन्दै आफूले पनि संशोधन दर्ता गराएको बताएको उनले बताए  

सदनमा भाषाबारे बहश 
रीना यादवले हिन्दी भाषालाई प्रदेशको मात्र होइन देशकै सम्पर्क भाषाको रुपमा राख्नुपर्ने बताएकी छन्। प्रदेशको ५० प्रतिशत महिला भारतीय रहेकाले हिन्दी भाषा उचित हुने भएको बताइन्। उनले नेपालमा सरकारले शिक्षण गर्दा हिन्दीलाई अनुमति दिएको जिकिर गर्दै प्रदेशको काम सम्पर्क भाषा किन नराख्ने भन्दै प्रतिप्रश्न गरिन्।

भाषाको विषयमा संविधानले प्रष्ट व्यवस्था गरेकोले मैथिली र भोजपुरीलाई प्राथमिकतामा राखेर नेपाली भाषालाई सम्पर्क भाषाको रुपमा नीति कार्यक्रममा समावेश गर्न नेकपाका सुन्दर बहादुर विश्वकर्माले तर्क गरे। उनले भने, ‘सरकारले प्रदेशमा मातृभाषामा शिक्षा लागू गर्ने कुरा गर्छ तर सम्पर्क भाषा हिन्दी बोल्छ यो विरोधाभास र हास्यास्पद छ।'

प्रतिपक्षका शिवचन्द्र चौधरीले भाषाको विषयमा हिंदी भन्दा भोजपुरी र मैथिली नै उपयुक्त हुने बताए।

गत जेठ १९ गते नै प्रदेश प्रमुख रत्नेस्वर लाल कायस्थले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यस विषयमा १३ जनाले संशोधन दर्ता गराएका छन्। प्रदेश २ सभामा अहिले नीति कार्यक्रमबारे छलफल सुरु भएको छ।

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  ०७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना
निपाह भाइरस : जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने मंगलबार, माघ २०, २०८२
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर मंगलबार, माघ २०, २०८२
आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना मंगलबार, माघ २०, २०८२
निपाह भाइरस : जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्