• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने

64x64
नेपाल लाइभ मंगलबार, माघ २०, २०८२  ०८:१६
1140x725

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएसँगै दुई देशबिच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत भारतसँग व्यापार सम्झौता भएको घोषणा गर्दै भारतीय सामानमा लगाइँदै आएको कर (ट्यारिफ) २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने बताएका छन्।

यस सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भारतले रुसी तेल खरिद बन्द गर्ने निर्णय लिनु हो। ट्रम्पका अनुसार प्रधानमन्त्री मोदी रुसी तेलको विकल्पमा अमेरिकासँग बढी तेल खरिद गर्न र सम्भावित रूपमा भेनेजुएलाबाट पनि तेल आयात गर्न सहमत भएका छन्। रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले दिल्लीमाथि लगाएको अतिरिक्त २५ प्रतिशत जरिवाना कर पनि अब हट्नेछ।

मोदीले भने– ट्रम्पलाई धन्यवाद

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समार्फत अमेरिकासँग सम्झौता भएकोमा खुशी व्यक्त गरेका छन् ।

‘भारतका १ अर्ब ४० करोड जनताका तर्फबाट राष्ट्रपति ट्रम्पलाई धन्यवाद,’ मोदीले एक्समा लेखेका छन्, ‘दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतन्त्रहरू मिलेर काम गर्दा दुवै देशका जनताले फाइदा पाउँछन् ।’

ट्रम्पका अनुसार मोदीसँग भएको फोनवार्तामा व्यापारका साथै रुस–युक्रेन युद्धबारे पनि छलफल भएको थियो ।

‘मोदीले रुसबाट तेल खरिद रोक्ने र अमेरिकाबाट धेरै तेल किन्न सहमति जनाएका छन्, सम्भवत: भेनेजुएलाबाट पनि,’ ट्रम्पले लेखेका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

५०० अर्ब डलरभन्दा बढीको अमेरिकी सामान किन्ने प्रतिबद्धता

प्रधानमन्त्री मोदीको आग्रहमा ट्रम्पले तत्कालै यो व्यापारिक सम्झौतालाई अगाडि बढाएका हुन्। सम्झौताअनुसार भारतले अमेरिकाबाट ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका ५०० अर्ब डलरभन्दा बढी मूल्यका सामान खरिद गर्ने प्रतिबद्धता जनाएको छ। साथै, भारतले आफ्ना व्यापारिक अवरोधहरूलाई शून्यमा झार्ने आश्वासन समेत दिएको छ।

गएको अगस्टमा ट्रम्प प्रशासनले भारतीय सामानमा ५० प्रतिशतसम्म कर वृद्धि गरेपछि दुई देशबिचको व्यापारिक सम्बन्धमा चिसोपन आएको थियो। सोही कारण भारतले युरोपेली युनियनसँग पनि हालै मात्र ऐतिहासिक व्यापारिक सम्झौता गरेको थियो। अहिले अमेरिकासँग भएको यो नयाँ सहमतिले दक्षिण एसियाली बजारमा अमेरिकाको पकड पुनः बलियो बनाउने देखिएको छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत ट्रम्पलाई धन्यवाद दिँदै यो सम्झौताले दुवै देशका जनतालाई फाइदा पुग्ने र अवसरका ढोकाहरू खुल्ने बताएका छन्। उनले १ अर्ब ४० करोड भारतीय जनताका तर्फबाट ट्रम्पको यो घोषणालाई स्वागत गरेका छन्।

यद्यपि, अमेरिकाभित्रै भने साना व्यवसायीहरूको समूह ‘वी पे द ट्यारिफ’ ले यसको आलोचना गरेको छ। उनीहरूका अनुसार ट्रम्पको नीति अघि भारतबाट आउने सामानमा औसत २.५ प्रतिशत मात्र कर थियो, तर अहिले १८ प्रतिशतमा कर झार्नुलाई पनि उनीहरूले स्थायी कर वृद्धिकै रूपमा हेरेका छन्। ट्रम्पको यो घोषणासँगै अमेरिकी शेयर बजारमा भने सकारात्मक प्रभाव देखिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  ०८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा बैठक (लाइभ)
विपद्‌मा परेकालाई तुच्छ टिप्पणी गर्ने रास्वपा सदस्यलाई पार्टीबाट निकाल्छौँ : रवि (पूर्णपाठ)
हवाई उद्धारको व्यवस्थित अभियान यसअघि विरलै भएको थियो : लामिछाने
सम्बन्धित सामग्री
राष्ट्रसंघको ८१औँ महासभा सुरु: ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको... बुधबार, भदौ २४, २०८३
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतिय... मंगलबार, भदौ २३, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ प्रक्षेपणको सातौँ दिन सोमबारसम्म रोमन पृथ्वीबाट करिब ७ लाख ३ हजार किलोमिटर टाढा पुगेको छ। अहिले यसको मुख्य एन्टेना, भाइजरलगायत उपकरण... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
प्रतिनिधि सभा बैठक (लाइभ) बुधबार, भदौ २४, २०८३
विपद्‌मा परेकालाई तुच्छ टिप्पणी गर्ने रास्वपा सदस्यलाई पार्टीबाट निकाल्छौँ : रवि (पूर्णपाठ) बुधबार, भदौ २४, २०८३
हवाई उद्धारको व्यवस्थित अभियान यसअघि विरलै भएको थियो : लामिछाने बुधबार, भदौ २४, २०८३
‘नेपालले नगरेको अपराधको सजाय जलवायु परिवर्तनका नाममा भोग्दैछ’ : लामिछाने बुधबार, भदौ २४, २०८३
रचना खतिवडाको प्रश्न : सहिदले न्याय पाउन कति वर्ष लाग्छ, सरकार ? बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्