काठमाडौं– शुशील बढाथोकीको नेतृत्वमा धापासी जेसिसको नयाँ कार्यसमिति चयन भएको छ। काठमाडौंमा भएको संस्थाको १२औं अधिवेशनले बुढाथोकीको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चुनेको हो।
संस्थाको कार्यकारी उपाध्यक्षमा अमित आचार्य र खेमराज अधिकारी निर्वाचित भएका छन्। उपाध्यक्षमा खुस्बू कार्की, प्रमोद पोखरेल, अनिल महर्जन र जमुना राना चुनिएका छन्।
बाँकी पदाधिकारीलाई अध्यक्षले मनोनित गर्ने संस्थाको विधानमा उल्लेख छ। जेसिस १८ देखि ४० वर्ष उमेरका युवाहरुको अन्तर्राष्ट्रिय छाता संगठन हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।