जनकपुर– जनकपुरमा चाँदीसहित एक व्यक्ति पक्राउ परेका छन्।
जिल्लाको जलेश्वर नगरपालिका–४ का ३४ वर्षीय बालबोध प्रसाद साहलाई ७ लाख ८९ हजार मूल्य बराबरको चाँदीसहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल गणका डिएसपी सुशीलप्रसाद पराजुलीको कमाण्डको टोलीले साहलाई चाँदीसहित पक्राउ गरेको हो।
शुक्रबार बिहान ८ बजे ज३प ६२८९ नम्बरको मोटरसाइकलको एयर फिल्टरमा लुकाएर राखेको अवस्थामा उक्त चाँदी प्रहरी टोलीले फेला पारेको हो।
पक्राउ परेका साहको साथबाट १९ हजार नेपाली रूपैयाँ र १ हजार ६ सय ३० भारू समेत फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।