कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ।
दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स अगाडि परिचय नखुलेको दाह्री पालेका अन्दाजी ४५ वर्षका पुरुषको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। करिब तीन-चार महिनादेखि चन्द्रौटामा मागेर सडकको पेटीमा रात बिताउँदै आएका ती पुरुष मानसिक बिरामी थिए।
उनको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। केही दिनदेखि शीतलहरका कारण तराईका विभिन्न जिल्लामा जाडो बढ्दै गएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।