पोखरा– पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटमा पार्क निर्माण सुरु गरिएको छ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पश्चिमतर्फ ७ रोपनी खाली जग्गामा अन्तर समाज महासंघ समिति नेपालको सक्रियतामा पार्क निर्माण थालिएको हो। पार्क निर्माणको लागत ४० लाख रहेको छ।
फ्रि–वाइफाइसहित खानेपानी तथा शौचालय, दुबो र फूलका विरुवा पार्कमा रोपिने संस्थाका अध्यक्ष दीपेन्द्र राईले जनाए।
पार्कभित्र ४५ वटा बेन्च र छातासहितको बस्ने चौतारी बनाइनेछ। महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार एक कार्यक्रमबीच शिलान्यास गर्दै पार्क निर्माणमा महानगरपालिकाले सहयोग गर्ने बाचा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।