नुवाकोट– लिखु खोलामा अवैध रुपमा करेन्ट लगाएर माछा मार्ने क्रममा शिवपुरी गाउँपालिका–६ समुद्रदेवीका वीरबहादुर तामाङको मृत्यु भएको छ।
साथीहरुसँग खोलामा माछा मार्न गएका १९ वर्षीय तामाङको आइतबार साँझ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।
उनको मृत्यु भवितव्य भए पनि सँगै माछा मार्न गएकासँग घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नुवाकोटको लिखु र ताँदी खोलामा विद्युत् र विषादी प्रयोग गरी अवैध रुपमा माछा मार्ने क्रममा मानवीय र चौपाया क्षतिको घटना वृद्धि हुँदै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।