काठमाडौं– अफगानिस्तानका ओपनर तथा विकेटकिपर मोहमद साहजादले आइसिसी क्रिकेट विश्वकप २०१९ बाँकी खेल गुमाउने भएको छ। साहजाद घाइते भएपछि उनको स्थानमा इल्क्राम अली खिललाई बोलाइएको आइसिसीले जनाएको छ।
साहजाद पाकिस्तानविरुद्धको वार्मअप खेलमा रिटायर्ड हर्ट भएका थिए। यद्यपी उनले अस्ट्रेलिया र श्रीलंकाविरुको खेल खेलेका थिए। दुवै खेलमा अफगानिस्तान पराजित भएको थियो।
२०१५ को विश्वकपपछि साहजाद अपगानिस्तानका लागि बढी रन बनाउने दोस्रो ब्याट्सम्यान हुन्। उनले ५५ खेलमा १८४३ रन बनाइसकेका छन्।
अली खिल गत वर्ष युवा विश्वकप खेलेका खेलाडी हुन्। त्यअसघि उनले २०१६ को विश्वकपमा पनि खेलेका थिए। उनले गत वर्ष आइरल्यान्डविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।