काठमाडौं- नेकपा एमालेका नेता तथा काठमाडौं-२ बाट नवनिर्वाचित सांसद माधवकुमार नेपालले माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतामा विलम्ब गर्नु नहुने बताएका छन्।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित काठमाडौं-५ बाट प्रदेश तथा प्रतिनिधसभा सदस्यमा निर्वाचित वाम गठबन्धनका उम्मेदवारलाई बधाई तथा चियापान समारोहमा बोल्दै उनले पार्टी एकतामा जोड दिए। कम्युनिस्ट आन्दोलन र वामपन्थी शक्तिलाई निर्णायक रूपमा उभ्याउनका लागि तत्काल पार्टी एकता आवश्यक रहेको नेता नेपालको भनाइ थियो।
सरकार गठन र एकतासँगै जनतालाई दिएका वाचा, विकास र समृद्धिको सपना पूरा गर्ने अभिभारा आएको उनले बताए।
वाम गठबन्धनको एकतालाई संकीर्ण सोचले नहेर्न कांग्रेसलाई आग्रह गर्दै उनले भने, 'अब कांग्रेस र अन्य दललाई समेत साथमा लिएर नयाँ युगको नेपाल बनाउनुछ। यो अभियानमा सरिक हुन सबैलाई म आग्रह गर्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।