राजविराज– सप्तरीमा समानुपातिकतर्फ राष्ट्रिय जनता पार्टी (राजपा) पहिलो दल बनेको छ। कुल १ लाख ८६ हजार ५ सय ७६ सदर मतमध्ये राजपाले ४५ हजार ९ सय ८४ मत पाएको छ।
यस्तै, नेपाली कांग्रेसले ४२ हजार ७ सय २८ मत प्राप्त गरी दोस्रो र संघीय समाजवादी फोरम ३२ हजार ८ सय ५६ मतसहित तेस्रो भएको छ। नेकपा एमालेले २९ हजार ४ सय २० मत प्राप्त गरेको छ भने प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभामा सप्तरीमा एक सिट पनि जित्न नसकेको माओवादी केन्द्र १८ हजार ७२६ मत प्राप्त गर्दै पाँचौं बनेको छ। यस्तै, नयाँ शक्ति पार्टीले २ हजार ४ सय ५२ मत प्राप्त गरेको छ।
प्रदेशसभामा राजपाले ४२ हजार ६ सय, कांग्रेसले ३८ हजार ७ सय ७५, संघीय समाजवादी फोरम नेपालले ३१ हजार २ सय ८८, नेकपा एमालेले २८ हजार ९०, माओवादी केन्द्रले १६ हजार ५ सय ८४ र नयाँ शक्तिले २ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्।
सप्तरीमा ३ लाख ४६ हजार २ सय मतदाता रहेकोमा २ लाख ३६ हजार ८ सय मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।