मलेखु, धादिङ- धादिङको जोगिमारामा आज भएको सवारी दुर्घटनामा ४१ यात्रु घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाका अनुसार टीकापुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख ४४२० न को बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ४ ख १६७४ न को ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
घाइते भएका ४१ मध्ये ६ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ भने बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखु र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।