काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले खेलकुदमा सट्टेबाजी (हारजित) खेलाउने तीन जनालाई पक्राउ गरेको छ।
महाशाखाले बुधबार काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्निधुपाल्चोकको जुगल गाउँपालिका-२ गोल्चेका ३६ वर्षीय बज्र लामा, सोही ठाउँका ३० वर्षीय बिद्युतप्रकाश लामा र रामेछापको लिखु गाउँपालिका-२ सैँपुका ३३ वर्षीय उमेश कार्की छन्।
उनीहरुले आइपिएल, विश्वकप क्रिकेट, च्याम्पियन्स लिग फुटबल, अन्य फुटबलका खेलहरुकमा सट्टेबाजी खेलाउने गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट १ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।