काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको अन्तिम नतिजा भोलि मात्रै आउने भएको छ। केही प्रदेशको मत परिणाम भने आइसकेको छ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मतगणना भोलि शनिबार मात्रै सकिने जानकारी दिए। 'अझै ४ जिल्लाको मत गणना बाँकी छ,' ढकालले भने, 'भोलिसम्ममा अन्तिम मत परिणाम आइसक्छ।'
आयोगले ९३ लाखभन्दा बढी मतगणना गरिसकेको छ। बेलुका ७ बजेको अपडेट अनुसार नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ। प्रारम्भिक मतगणनादेखि नै एमालेको अग्रता रहँदै आएको छ।
प्रतिनिधिसभाका लागि प्रमुख दलहरुले पाएको मत यसप्रकार छः
नेपाल कम्युनिष्ट पार्टी (एमाले): ३१,१६,५०९
नेपाली कांग्रेस: ३०,४९,७९५
माओवादी केन्द्र: १२,६८,२१०
संघीय समाजवादी फोरम: ४,५४,५५५
राष्ट्रिय जनता पार्टी (राजपा): ४,४१,४८१
विवेकशील साझा पार्टी: २,११,१२६
राष्ट्रिय प्रजातन्त्र पार्टी: १,९३,५९०
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक): ८७,२७१
नयाँ शक्ति पार्टी, नेपाल: ८०,४५७
राष्ट्रिय जनमोर्चा: ६२,००८
अन्य: ३,४५,७३७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।