काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्न माग गरेको छ।
नेपाली काँग्रेस कोषाध्यक्ष सीतादेवी यादवले शून्य समयमा बोल्दै वृद्धभत्ता पाउने उमेर ६५ वर्ष बनाईनुपर्ने धारणा राखेकी थिईन्।
त्यसैगरी आगामी आर्थिक वर्षका लागि तय भएको राजश्व र व्ययको छलफलका क्रममा काँग्रेसका अर्का नेता बालकृष्ण खाँणले पनि वृद्धभत्ता पाउने उमेर ६५ वर्ष हुनुपर्ने विषय उठाएका छन्।
यसअघि नेपाली काँग्रेस नेतृत्वको सरकारले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ बनाएको थियो।
विकट तथा ग्रामीण भेगमा औसत आयु नै कम भएको अवस्थामा वृद्धभत्ता ७० वर्ष बनाईनु सुहाउँदो नरहेको खाणको भनाई छ। उनले बृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्न पनि जोडदार माग राखेका छन्।
त्यसैगरी नेता खाँणले बजेट संघियतामैत्री नभएको धारणा राखेका छन्। निकै साना आयोजना पनि केन्द्रमा राखेको भन्दै संघीय सरकारले प्रदेश र स्थायिन निकायलाई विश्वास नगरेको उनको भनाई छ।
‘हामीले प्रदेश र स्थानिय निकायलाई विकास प्रतिको भरोशा किन गर्न सकेका छैनौ ? उनीहरुलाई श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता किन संघले गर्न सकेन?’ खाणले प्रश्न गर्दै भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।