फाइल तस्बिर।
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबारका लागि तोकिएको बैठक सरेको छ। बिहीबार बिहान ९ बजेका लागि तोकिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै मध्यान्ह १२ बजेका लागि सारिएको हो।
आजको बैठकबाट जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्जको टुङ्गो लगाउने तयारी गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा छलफल गर्दै बिहीबार टुङ्गो लगाउने निर्णय गरेको थियो।
केन्द्रीय सदस्यको कार्य विभाजनबारे पनि छलफल सकारात्मक रहेकाले टुङ्गिन मात्र बाँकी रहेको अवस्थामा बैठक बस्न लागेको हो।
बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएपछि बाँकी रहेका साङ्गठनिक एकीकरणका अन्य काम र थप कार्य विभाजनका विषयमा छलफल गर्ने बताइएको छ।
नेकपाको सचिवालय बैठक केन्द्रीय सदस्यको कार्य विभाजनसँगै जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज तोक्ने विषयमा मङ्गलबारदेखि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।