काठमाडौ– बलिवुडका एक लव जोडी अहिले युरोपको भ्रमणका रहेका छन्। बलिउडका चर्चित अभिनेता रणवीर कपुर र आलिया भट्ट पछिल्ला वर्षमा एक अर्काको प्रेममा रहेका छन्। यही बिचमा उनीहरु सुटुक्क युरोप भ्रमणमा निस्केपछि उनीहरुको बिहेको पनि चर्चा बढेको छ।
योसँगै उनीहरु बिहेका लागि युरोपमा स्थान हेर्न गएको चर्चासमेत गर्न थालिएको छ। उनीहरु दुई जना पछिल्लो समय इटालिको लेक कोमामा सँगै देखिएका थिए।
उनीहरु गोप्य रुपमा बिहेका लागि स्थान हेर्न आएको अन्दाज सवैले गरेका छन्। यस जिज्ञासामा आलियाले आफ्नो प्रतिक्रिया समेत दिएकी छन्। आलियाले यो प्रश्न सोधिएको एक अन्तर्वार्तामा हाँस्दै जवाफ दिएकी छन्, 'जे पायो त्यही, यो सब बकवास हो। आफूहरु बिदामा मात्र आएका हौं, मानिसहरुको काम भन्नु हो, भनिरहन्छन्।’
यसभन्दा अघि आलियाकी आमा सोनी राजदानले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छन्। उनले यो निराधार हल्ला भएको भनेकी थिइन्।
आलिया र रणवीरको सम्बन्धको खबर केही समयदेखि सञ्चारमाध्यममा छाइरहेको छ। दुबैलाई विभिन्न कार्यक्रमहरुमा सँगै देखिने गरिएको छ। एक अवार्ड वितरण कार्यक्रममा पनि आलियाले रणविरलाई 'आई लभ यू' समेत भनेकी थिइन्। दुवैको केमेस्ट्री शानदार रहेको समेत बताइन्छ।
आलिया–रणविर फिल्म 'ब्रह्मास्त्र'मा देखिँदैछन्। यही फिल्मबाट दुवै जनाले पहिलो पटक स्क्रिन सेयर गर्दैछन्। फिल्मको लोगो घोषणा गरिएको छ। फिल्मलाई अयान मुखर्जीले निर्देशन गर्नेछन्। फिल्ममा अमिताभ बच्चन र मौनी रायको पनि मुख्य भुमिका रहेको छ।
'ब्रह्मास्त्र' यसै वर्षको क्रिसमसमा रिलिज गरिने छ।
आलिया पछिल्लो पटक फिल्म 'कलंक'मा देखिएकी थिइन्। तर, यो फिल्मले बक्स अफिसमा सकारात्मक नतिजा दिन सकेन र फिल्म फ्लप भयो।
यसपछि आलिया 'गली ब्वाई'मा देखिएकी थिइन्। यो फिल्ममा आलियाको अभिनयको खुब प्रशंसा भएको थियो। दर्शकहरुले आलियालाई मन पराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।