मिलला- दक्षिण फ्रान्समा बिहीबार रेलले स्कुल बसलाई ठक्कर दिँदा चार जना बालबालिकाको मृत्यु भएको छ।
दुर्घटनामा परी सोही बसमा रहेका २० जना गम्भीर घाइते भएको प्राप्त समाचारमा जनाइएको छ।
बालबालिकालाई लिएर गएको एक निजी विद्यालयको बसलाई रेलले ठक्कर दिँदा दुर्घटना भएको हो। उक्त बसले रेलको लिक पार गर्न खोज्दा दुर्घटना भएको थियो।
दुर्घटनामा परेको बसमा फ्रान्सको मिललास्थित एक निम्न माध्यमिक विद्यालयका करिब २० विद्यार्थी बोकेर गइरहेको बताइएको छ।
दुर्घटना स्पेनको सीमा इलाकामा पर्ने मिलला सहरबाट करिब १८ किलोमिटर पश्चिममा भएको थियो।
दुर्घटनास्थलमा उद्धारका लागि ९५ जना उद्धारकर्ता र चार वटा हेलिकोप्टरको प्रयोग गरिएको जनाइएको छ।
फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिप पनि दुर्घटना स्थलमा पुगेका छन्। उनले घाइतेको उद्वार र उपचारमा कुनै कसर नराख्न निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।