काठमाडौं– मंसिर १० र २१ गते भएको निर्वाचनको समानुपातिक तर्फको ७३ जिल्लाको मतगणना सकिएको छ। प्रत्यक्षतर्फको मत गणना भने मंलगबार सकिएको छ।
आयोगले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अब ४ जिल्लाको मतगणना जारी रहेको जनाएको छ।
सुनसरी क्षेत्र नम्बर २ र ३, सर्लाहीको क्षेत्र नम्बर २ र ३, सुर्खेतको क्षेत्र नम्बर १ र कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको विज्ञप्तीमा जनाइएको छ।
८८ लाखभन्दा बढी मतगणना भइसकेको पनि आयोगले जनाएको छ।
समानुपातिक तर्फको मतगणनामा नेकपा एमालेले अग्रता लिइरहेको छ। उसलाई नेपाली कांग्रेसले पछ्याइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।