राजविराज- हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–२ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई रु ५० हजार आर्थिक सहयोग गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत जीविकोपार्जनमा सहयोगका लागि मृत्यु भएकी फुलवादेवीका पति बिलेती तैथवार यादवलाई कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले सो रकम प्रदान गरेका हुन्।
कोशीटप्पु वन्यजन्तु आरक्षका निमित प्रमुख संरक्षण अधिकृत चुमन ठाकुर, बदगामा–जगतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष तथा कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रेणु साह र शत्रुभञ्जन गुल्मका गुल्मपतिको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो।
मंसिर १२ गते कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले फुलवादेवीलाई आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीय राजकुमार पासवानले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।