काठमाडौं- काठमाडौंको गोकर्णेश्वरमा बा ८८ प १९८७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ६० वर्षीया आङ्गलामु शेर्पाको मृत्यु भएको छ।
बिहीबार साँझ ६ बजे भएको दुर्घटनाबाट गम्भीर घाइते शेर्पाको उपचार क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हो। सवारी दुर्घटनामा संलग्न चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।