काठमाडौं- मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना आज बेलुकासम्म सकिने निर्वाचन आयोगले जनाएको छ। जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा केन्द्रीय संसदमा मात्र ५ दलले मात्रै राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिएको छ।
संविधानमा राष्ट्रिय दलको हैसियत प्राप्त गर्न प्रत्यक्षमा एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान तोकिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ सबैभन्दा ठूलो दल बनेको एमालेले समानुपातिकतर्फ समेत सबैभन्दा धेरै मत ल्याएको छ।
आज बिहान ७ बजेसम्ममा दलहरुको मत यस्तो छ
नेकपा एमाले - २९ लाख ४० हजार ९१३
नेपाली कांग्रेस - २८ लाख ५८ हजार ४९३
माओवादी केन्द्र - ११ लाख ८३ हजार ७०२
संघीय समाजवादी फोरम - ४ लाख १६ हजार ५३३
राष्ट्रिय जनता पार्टी - ३ लाख ७९ हजार २७८
विवकेशील साझा पार्टी - १ लाख ९७ हजार २५
राष्ट्रिय प्रजातन्त्र पार्टी - १ लाख ८८ हजार ६४
नयाँ शक्ति पार्टी - ७५ हजार ४८२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।