काठमाडौं– विवेकशील साझा पार्टीले उपत्यकामा प्रतिनिधिसभामा भन्दा प्रदेशसभातर्फ समानुपातिकको मत धेरै ल्याएको छ । प्रतिनिधिसभामा ८३ हजार ६ सय ८० मत ल्याएको उसले प्रदेशसभातर्फ भने समानुपातिकमा ८९ हजार ५ सय ८ मत ल्याएको छ ।
प्रतिनिधिसभाको समानुपातिकमा विवेकशील काठमाडौंमा तेस्रो पार्टी बन्यो । उसले काठमाडौंमा ५४ हजार २ सय ५२ मत ल्यायो । त्यस्तै ललितपुरमा २० हजार ४ सय ६९ तथा भक्तपुरमा ८ हजार ९ सय ५९ मत ल्याएको छ ।
प्रदेशसभामा काठमाडौंमा उसले ५८ हजार २ सय ४, ललितपुरमा २१ हजार ७ सय ८९ हजार तथा भक्तपुरमा ९ हजार ५ सय १५ मत ल्याएको छ ।
उपत्यका अत्याधिक मत ल्याउदा पनि विवेकशील साझा राष्ट्रिय पार्टी बन्ने सम्भावना भने कम छ । करिब ९० प्रतिशत मत गणना हुँदा उसले ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको छैन । ८५ लाख ६९ हजार ४ सय ९ मतमध्ये उसले १ लाख ९४ हजार ९ सय ८ मत ल्याएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।