सलमान खान र इद : ६ ब्लकबस्टर फिल्म, १६३० करोड कलेक्सन

नेपाल लाइभ | २०७६ जेठ २२ बुधबार | Wednesday, June 05, 2019 १४:००:०० मा प्रकाशित

एजेन्सी– पछिल्ला १० वर्षयता भारतीय सुपरस्टार सलमान खानका फिल्म इदकै अवसरमा रिलिज भइरहेका छन्। इदमा रिलिज भएका सलमानका अधिकांश फिल्मले सफलता समेत चुमिरहेका छन्।

यतिसम्म कि इदको समयमा सलमानको फिल्म आउँछ भनेर अन्य निर्माता निर्देशक आफ्नो फिल्म रिलिज गर्न डराउँछन्।

सन् २०१० देखि सलमान र इदको सिलसिला सुरु भएको हो। 

२०१० : दबंग
सन् २०१० मा सलमान खानको फिल्म दबंग रिलिज भयो। यो फिल्मले लगभग १४१ करोड रुपैयाँ कलेक्सन ग¥यो। यही फिल्मले नै सलमानलाई बलिउडको सुपरस्टार बनाउन सघायो। दबंगको सफलतापछि नै सलमानलाई इदको अवसरमा फिल्म रिलिज गर्नुपर्छ भन्ने विचार पलाएको थियो।

२०११ : बडिगार्ड
दबंगको सफलतापछि सलमानको अर्को फिल्म बडिगार्ड प्रदर्शन भयो। यो फिल्मले १४५ करोड रुपैयाँ कमायो। बडिगार्ड कमजोर फिल्म थियो, तर इद पर्व र सलमानको स्टारडमले यो फिल्मलाई सफल बनाइदियो। यसपछि सलमानले आफ्ना सबै फिल्म इदको अवसरमा रिलिज गर्ने निर्णय नै लिए।

२०१२ : एक था टाइगर
सन् १०१२ को इदमा सलमानको फिल्म एक था टाइगर प्रदर्शन भयो। यो फिल्मले उनका इदमा रिलिज भएका अन्य फिल्मलाई समेत उछिन्यो। एक था टाइगर बक्स अफिसमा १९९ करोड कलेक्सन गर्न सफल भयो।

२०१४ : किक
२०१३ को इदमा सलमानको फिल्म प्रदर्शनमा आउन सकेन। त्यसको लगत्तै २०१४ मा भने उनको किक प्रदर्शनमा आयो। यो फिल्मले एक था टाइगरको रेकर्ड तोड्यो। किकले २३३ करोड कलेक्सन गर्‍यो।

२०१५ : बजरंगी भाइजान
बजरंगी भाइजान सलमानको पहिलो यस्तो फिल्म हो, जुन ३०० करोड क्लबमा सामेल भयो। यो ब्लकबस्टर फिल्मले ३२१ करोड रुपैयाँ आर्जन गर्न सफल भयो।

२०१६ : सुल्तान
सलमानले सुल्तानमा पहलवानको भूमिका निर्वाह गरेका थिए। यो फिल्मले पनि ३०१ करोड कलेक्सन गरेको थियो।

२०१७ : ट्युबलाइट
लगातार ६ वटा इदमा ब्लकबस्टर फिल्म दिएपछि सलमानको २०१७ भने निराशाजनक रह्यो। यो वर्ष प्रदर्शनमा आएको उनको फिल्म ट्युबलाइट तुलनात्मक रुपमा असफल भयो। यो फिल्मले मात्र १२१ करोड रुपैयाँ कमायो। दर्शकले यो फिल्म मन पराएनन्।

२०१८ : रेस ३
सन् २०१८ को इदमा सलमान खानको फिल्म रेस ३ रिलिज भयो। यो फिल्मले १६९ करोड रुपैयाँको कलेक्सन ग¥यो। फिल्मले सलमानका समर्थकलाई निराश बनायो।

२०१९ : भारत
सन् २०१९ को इदको अवसरमा सलमानको फिल्म भारत रिलिज हुँदैछ। लगातार दुई वटा इदमा कमजोर फिल्म दिएका सलमानको यो वर्षको इद उत्साहजनक हुने समीक्षकहरुले आकलन गरेका छन्। फिल्म भारत ब्लकबस्टर हुने अपेक्षा बलिउडमा गरिएको छ।