एजेन्सी (नयाँ दिल्ली)– बलिउड नायिका करिना कपुर मंगलबार रातो लुगामा आफ्नी नन्द सोहा अली खानको पहिलो किताब विमोचन समारोहमा उपस्थित भइन्।
पटौदी परिवारका सबै सदस्य उपस्थित सोहाको किताब ‘दि पेरिल्स अफ बिइङ मोडरेटली फेमस’ को विमोचनमा करिना निकै राम्री देखिएकी थिइन्। उनले लगाएको लुगाको विषयमा अहिले चर्चा भइरहेको छ।
भारतीय मिडियाका अनुसार, बिहु मोहापात्राले तयार पारेको त्यो लुगाको मूल्य भारु ५ लाख ४१ हजार रहेको बताइएको छ।
कार्यक्रममा बलिउडकी पूर्व नायिका शर्मिला टेगोर, शैफ अली खान, सोहाका श्रीमान कुणाल खेमु पनि सहभागी थिए। कार्यक्रममा करिनाले सोहाको बौद्धिकताको निकै तारिफ गरिन्।
उनले आफ्नो श्रीमान् शैफ र सोहाबीच कुराकानी हुँदा आफू नर्भस हुने गरेको बताइन्। उनले दुई जनाबीच हुने संवाद बुझ्न आफूलाई गाह्रो पर्ने गरेको बताइन्।
सोहाको किताब पेन्गुइन इन्डियाले प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।