काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ६७ प्रतिशत मतगणना सम्पन्न भएको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ६८ लाख ४२ हजार ४ सय ४६ मत गणना भइसकेको छ ।
समानुपातिकमा पनि एमालेको अग्रता कायमै छ । कांग्रेसभन्दा एमाले ८८ हजार मतले अघि छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा कांग्रेसभन्दा १३ सिट धेरै जितेको माओवादी केन्द्र समानुपातिकमा भने एमाले र कांग्रेसको तुलनामा कमजोर छ ।
हालसम्मको परिणामअनुसार नयाँ शक्ति पार्टी नेपाल, राप्रपा(प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चाले थ्रेसहोल्ड कटाउन नसक्ने देखिएको छ । राप्रपा र विवेकशील नेपालले पनि थ्रेसहोल्ड कटाउन सकेकन छैनन्, तर उनीहरु थ्रेसहोल्डको नजित छन् ।
कसको कति मत ?
एमाले– २३ लाख ६० हजार ८ सय ६
कांग्रेस– २२ लाख ७२ हजार ६ सय ९२
माओवादी केन्द्र–९ लाख २५ हजार ५ सय ६३
संघीय फोरम– ३ लाख २१ हजार ८ सय ८३
राजपा– २ लाख ५६ हजार ५ सय ६५
राप्रपा– १ लाख ५४ हजार ९ सय ८९
विवेकसील– १ लाख ५४ हजार ३ सय ८१
नयाँ शक्ति– ६४ हजार १ सय ६
राप्रपा(प्रजातान्त्रिक)– ५५ हजार २ सय ९५
राष्ट्रिय जनमोर्चा–३८ हजार ५ सय ७९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।